नेप्सेमा सात अंकले वृद्धि, झन्डै १० अर्बको शेयर किनबेच

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन तीन दशमलव ३५ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मङ्गलवार पुन सात दशमलव १३ अंकले बढेर २७ सय ६५ दशमलव ८८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८१ अंकले बढेर चार सय ६० दशमलव शून्य छ अंकमा चढेको छ ।
तीन सय १२ वटा कम्पनीहरुको आज ९७ हजार पाँच सय ६२ पटकको कारोबारमा एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम नौं अर्ब ९० करोड ९३ लाख ८६ हजार दुई सय २७ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सात वटा समुहले कमाएपनि छ वटा समुहहरुले गुमाएका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ३५ अंकले बढेर १३ सय ८५ दशमलव ३४ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ११ दशमलव ३६ अंकले बढेर १३ हजार आठ सय ४४ दशमलव ३४ अंकमा चढेको छ ।
अन्य समुहको सुचक पनि ६९ दशमलव ११ अंकले बढेर २४ सय ५० दशमलव शुन्य पाँच अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
बिकास बैंक समुहको सुचक सात दशमलव २३ अंकले घटेर पाँच हजार छ सय ४४ दशमलव २४ अंकमा खुम्चिएकोमा जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव शुन्य छ अंकले घटेर तीन हजार सात सय ५१ दशमलव १३ अंकमा खुम्चिएको छ । निर्जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव ४४ अंकले घटेर १२ हजार आठ सय ६३ दशमलव ४५ अंकमा खुम्चिएकोमा फाईनान्स, लघुवित्त र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया