महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना
नेपालखोज
२०८१ फागुन १४ गते १०:०८

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आत्मिक अनुशासन, आपसी सद्भाव र सामाजिक सहिष्णुताले मात्रै शान्ति स्थापना हुने विश्वास व्यक्त गरिन् ।
महाशिवरात्रिको अवसरमा सामाजिक सञ्जाल एक्समा हामीले मनाउने पर्व र उत्सवहरुले आपसी एकता र सहिष्णुताको भावना अभिवृद्धि गर्ने विश्वास लिएको उनले बताए ।
‘नेपाललगायत विश्वभरीका हिन्दु धर्मालम्बीहरुले भगवान् शिवको आराधना गरी मनाउने यो पर्वले सबैलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस भन्ने शुभकामना छ,’ उनले लेखेकि छन् ।
‘आज नेपाली सेनाको स्थापना दिवस पनि हो । देश र जनताको सुरक्षाको लागि कटिबद्ध रही अन्तरराष्ट्रिय जगत्मा पहिचान बनाउन नेपाली सेनालाई सफलता मिलोस् भन्ने शुभकामना दिन्छु,’ उनले एक्समा लेखिन् ।
सम्बन्धित

प्रतिक्रिया