सातामा ४३ अर्ब ९३ करोड ५५ लाख रुपैंयाँको शेयर किनबेच

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से दुई हजार आठ सय १५ दशमलव शुन्य चार बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६९ दशमलव ८२ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा यो साता तीन सय २८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार चार लाख २१ हजार सात सय ६९ पटकको कारोबारमा आठ करोड ६३ लाख ८२ हजार एक सय सात कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ४३ अर्ब ९३ करोड ५५ लाख ९० हजार चार सय १५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा पाँच अर्ब रुपैंयाँले बढी हो ।
गत साता धितोपत्र बजारमा तीन सय १४ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ८४ हजार नौं सय ५१ पटकको कारोबारमा सात करोड २९ लाख ३२ हजार नौं सय १६ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ३८ अर्ब ५८ करोड ४६ लाख ५६ हजार नौं सय १३ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये चौंथो कार्यदिन सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो भने बाँकी चार कार्यदिन नेप्से लगातार बढेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक ११ दशमलव ६६ अंकले उकालो लागेर २७ सय ५५ दशमलव ४० अंकमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६६ अंकले उकालो लागेर चार सय ५८ दशमलव ६४ बिन्दुमा चढेको थियो ।
दोस्रो कारोबार दिन पनि नेप्से परिसुचक तीन दशमलव ३५ अंकले उकालो लागेर २७ सय ५८ दशमलव ७५ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६० अंकले उकालो लागेर चार सय ५९ दशमलव २५ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन पनि नेप्से परिसुचक सात दशमलव १३ अंकले उकालो लागेर २७ सय ६५ दशमलव ८८ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८१ अंकले उकालो लागेर चार सय ६० दशमलव छ बिन्दुमा चढेको थियो ।
पाँचौं कारोबार दिन पनि नेप्से परिसुचक ४९ दशमलव १५ अंकले उकालो लागेर २८ सय १५ दशमलव शुन्य चार बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने नौं दशमलव ७५ अंकले उकालो लागेर चार सय ६९ दशमलव ८२ बिन्दुमा चढेकोे थियो ।
यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनी अगाडी परेका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३२८ १०८९१३ २१२०६००५ ११५४८३३७६१२.८७
दोस्रो दिन ३१० १०३२६२ २१११०६१९ ११०८५४६४७५८.६१
तेस्रो दिन ३१२ ९७५६२ १७८६५७०३ ९९०९३८६२२७.९७
चौंथो दिन सार्वजनिक बिदा
पाँचौं दिन ३०० ११२०३२ २६१९९७८० ११३९२४०१८१५.९१
कुल ३२८ ४२१७६९ ८६३८२१०७ ४३९३५५९०४१५.३६
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
प्रतिक्रिया