शनिबार, वैशाख १३, २०८२

धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ !

नेपालखोज २०८१ फागुन १७ गते १०:०६

तनहुँ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका-११ साँखेमा आयोजित महायज्ञमा ४३ लाख ३७ हजार ४९७ रुपैयाँ सङ्कलन भएको छ ।

साँखेस्थित १२० वर्ष पुरानो शिवालयका माध्यमबाट साँखेक्षेत्रको धार्मिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले महायज्ञ आयोजना गरिएको शिवालय व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ अर्यालले बताए ।

महायज्ञको समापन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यज्ञबाट सनातन धर्मको संरक्षणमा सहयोग पुग्ने बताए ।

यो मन्दिरमा हरेक वर्ष शिवरात्रिमा तनहुँ र स्याङ्जाका साथै देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् । शिवालय र आसपासका क्षेत्रमा जन्तेढुङ्गा, सीता पाइलालगायत पुरातात्विक महत्वका संरचना छन् ।

प्रतिक्रिया