थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्याे

नेपालखोज २०८१ फागुन २० गते ७:५३

काठमाडौं । थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ जाने ठाउँमा पाइप फुटेको हो ।

आज बिहान करिब पाँच बजेतिर पाइप फुटेको बताइएको छ । पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने नपाएकाे जनाइएकाे छ ।

प्रतिक्रिया