शेयर बजार घटेर राताम्मै

काठमाडौं । शेयर बजार घटेर राताम्मै भएको छ । अघिल्लो दिन १३ अंकले घटेको नेप्से आज मङ्गलवार पुन ३० दशमलव ३६ अंकले घटेर २८ सय ४६ दशमलव ३० अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३१ अंकले घटेर चार सय ७५ दशमलव २७ अंकमा खुम्चिएको छ ।
तीन सय १८ वटा कम्पनीहरूको एक लाख २२ हजार तीन सय ३६ पटकको कारोबारमा दुई करोड ६३ लाख ८९ हजार नौं सय १० कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार नौं सय ३९ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएको मध्ये सबै समूहको सूचक घटेर शेयर बजार पुरै रातो भएको छ । वाणिज्य बैंक समूहको सूचक आज १५ दशमलव ३२ अंकले घटेर १४ सय ३२ दशमलव ३६ अंकमा पुगेकोमा जलविद्युत समूहको सूचक पनि ४१ दशमलव ८९ अंकले घटेर तीन हजार आठ सय पाँच दशमलव ४५ अंकमा पुगेको छ ।
जीवन बीमा समूहको सूचक पनि एक सय एक दशमलव ५८ अंकले घटेर १४ हजार पाँच सय ७० दशमलव २९ अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय ४९ दशमलव ६२ अंकले घटेर १३ हजार तीन सय नौं दशमलव ५२ अंकमा पुगेको छ । यसै गरी विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा सिन्धु बिकास बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया