बुधबार, पुष २, २०८२

कर्णाली प्रदेश अस्पतालमा छ जनाको मिर्गौला प्रत्यारोपण

नेपालखोज २०८१ फागुन २० गते २१:३५

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतले हालसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबीच विसं २०७८ चैत २० गते सम्झौता भएयता छ जनाको प्रत्यारोपण गरिएको हो ।

कर्णाली प्रदेश अस्पतालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक डा केशर ढकालले सम्झौता भएदेयही फागुन १९ गतेसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिए ।

उहाँले प्रत्यारोपण कार्यलाई नियमित र यस कार्यमा अस्पताललाई प्रभावकारी बनाउन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिमा जोड दिइने बताए ।

निर्देशक ढकालका अनुसार प्रदेश अस्पतालमा क्यान्सर रोग उपचारका लागि अङ्कोलोजी, जलन (पोलिएको) रोग उपचार तथा शल्यक्रिया सेवा सञ्चालन हुनाका साथै अब चाँडै न्यूरोलोजी सेवा पनि सञ्चालन हुनेछ ।

प्रतिक्रिया