शनिबार, वैशाख १३, २०८२

२५ अंकले घट्यो नेप्से, कारोबार रकम १० अर्बमा खुम्चियो

नेपालखोज २०८१ फागुन २१ गते १५:३८

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन ३०.३६ अंकले घटेको नेप्से आज बुधबार पुन २५.१६ अंकले घटेर २ हजार ८२१.१३ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स ५.७० अंकले घटेर ४६९.५६ अंकमा पुगेकोे छ ।

३०८ वटा कम्पनीको एक लाख एक हजार ६०३ पटकको कारोबारमा दुई करोड ३३ लाख ४३ हजार २०१ कित्ता शेयर किनबेच भएका छन् । याे अनुसार आज कुल कारोबार रकम १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार कारोबार भएका छन् । ति मध्ये व्यापार समूहको सूचक १८.५७ अंकले बढेपनि बाँकी समूहको सूचक भने उच्च अंकले घटेका छन् । वाणिज्य बैंक समुहको सूचक आज १४.८९ अंकले घटेर १ हजार ४१७.४६ अंकमा पुगेको छ भने जलबिद्युत समूहको सूचक १४.१७ अंकले घटेर तीन हजार ७९१.२७ अंकमा पुगेको छ ।

जीवन बिमा समूको सूचक २१२.१३ अंकले घटेर १४ हजार ३५८.१५ अंकमा पुगेको छ भने निर्जीवन बिमा समूहको सूचक २०१.८३ अंकले घटेर १३ हजार १०७.६९ अंकमा पुगेको छ ।

यसैगरी बिकास बैंक, फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज समाज लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएपनि ग्रिन डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया