शुक्रबार, वैशाख १२, २०८२

प्रचण्ड सरकार जुन कारणले गिर्‍याे त्यही कारणले बन्यो कांग्रेस एमाले गठबन्धन

ओम आचार्य

नेपालखोज २०८१ फागुन २४ गते १०:५५

नेपाली काँग्रेस भित्र संस्थापन र सस्थापन इतर समूहबीच अहिले पन्ध्रौ महाअधिवेशनको बिषयले प्रवेस पाएको छ ।महाअधिवेशनको चर्चाले काँग्रेस भित्र विस्तारै तापक्रम बढाउँदै गएको छ । संस्थापन समूहको विचारले वडाएको तापक्रमले काँग्रेस विस्तारै कालो हुँदै जाने स्थिति छ भने अर्को सस्थापन इतर समूहको विचारले बढाएको तापक्रमले सुन जस्तै चौबीस क्यारेटमा परिवर्तित हुँदै जाने स्थिती छ ।

काँग्रेसलाई सबल र सांगठनिक रुपमा दरो र मजवुत बनाउने हो भने अहिले संस्थापन र संस्थापन इतरबाट काग्रेसले गर्ने भनिएको पन्ध्रौ महाअधिवेशन निर्धारित मीति र समयमा हुनुपर्छ यही स्वरमा एक स्वर वनाउनुपर्छ । कुनै पनि कुरा समयमै गरे निस्चित परिणाम आउछ अन्यथा लक्ष्य प्राप्त हुँदैन ।

काँग्रेसको महाअधिवेशन गर्ने भनिएको समय र मौसम विधानले तोकेको समय हो । बालि लगाउदा समय र मौसम मै बालि लगाए फल लाग्छ अन्यथा जल मल र परिश्रम बालुवामा पानि हाले सरह हुन्छ । यो विसयमा अहिलेको सस्थापनको नेतृत्व गरिरहनुभएका सभापति शेर बाहादुर देउवा बडी जिम्मेवार र सजग हुँदै सबै पदाधिकारीहरुलाई समयमै महाअधिवेशन गर्ने ध्रृढ धारणा बनाउन उर्दि जारी गर्नुपर्छ ।

समूहले वर्तमान गठवन्धन सरकारसंग गरेको सहमतीलाई काँग्रेसमा सत्ता हस्तान्तरण हुन्छ भनेर विस्वस्त हुनु आफैँमा आस्चर्य छ । संस्थापन इतरले यस विसयमा पटक/पटक विचार राखिरहेको छ । गठबन्धन सरकारमा काँग्रेस रहे पनि सरकारमा काँग्रेस नभएको अनुभुती रहेको भनाइ राख्दै आएका छन् डा. शेखर कोइरालाले । अहिले डा. शेखरले मेची महाकाली दौडाहा गरिरहेका छन र पन्ध्रौ महाअधिवेशन निर्धारित मिति र समयमै हुनुपर्छ अन्यथा काग्रेस अरु कमजोर बन्दै जाने बताउँदै आएका छन् ।

अहिले देशको राजनीतिमा काँग्रेसको उपस्थिती र प्रभाव कम हुँदै र देखिन्दै गरेको समयमा संस्थापनले गर्नुपर्ने काम डा. शेखरले गर्दै आएका छन् । देशका जील्ला जील्लामा पुगेर महाअधिवेशन कुरा मात्र राखेन उनले काग्रेस भित्र जागरण र काग्रेसलाइ क्रियाशिल पनि वनाउदै काग्रेसको उपस्थिती र प्रभाव पनि बढाइरहेका छन् ।

संस्थापनको राजनीति डा. शेखरमा केन्द्रित संस्थापन भित्र पनि पन्ध्रो महाअधिवेशनमा सभापतिका आंकाक्षीहरुको भीड बुढानिलकंठमा भएको उपस्थितीले देखिन्छ१त्याहा चिन्ता डा. शेखरको बढ्दै गएको लोक प्रियता र काग्रेस भित्र एकल उम्मेदवार भए जस्तो देखिएको हुँदा त्यस्को तोड बनाउनुपर्ने दवाब सभापतिलाई दिएको देखिन्छ ।

अहिले काँग्रेस संस्थापनले आफ्नो सबै उर्जा र शक्ती डा. शेखरको विरोधमा खर्चिएको देखिन्छ१ यही शक्ती र उर्जा काग्रेस सवल र सांगठिकरुपमा दरो र बलियो वनाउन लाग्नु पर्नेमा त्यस्तो भएको देखिन्दैन ।

सस्थापन समुह भित्रका नेताहरु सबैले पाटी सभापती देउवालाइ दरो वनाउन मात्र लागे उनिहरुले कहिल्यै पनि आफ्नो गुट बनाउने तिर लगेन । अहिले गुट नवाएकोमा चिन्ता र कमजोर भएको महशुश गर्दै सस्थापनका नेताहरु देउवाको आशिर्वाद पाउन इच्छुक छन् । अहिले आफ्नो गुट बनाउने तिर लागेका छन१र त्याहा भित्र गुट गुट बन्दैछ । यौटा समूहले आसिर्वाद पाउने बितिक्कै संस्थापन भित्र भोलि यहि गुटनै संस्थापनलाई भारी पर्ने देखिन्दै छ र ति गुट पनि । डा. शेखरसँग नजिकिन्दै जाने छन् ।

गठवन्धनलाई संविधान संशोधनको चुनौती

गठबन्धनको मुल अभिप्राय संविधान संशोधनको मुध्दा हो । यो त्यति सहज र सरल छैन । काँग्रेस र एमाले को गठबन्धनले प्रचण्ड सरकारको रातारात सरकार गिर्नुलाई सम्झेका पक्कै छन् । प्रचण्ड सरकार गिर्नु र काग्रेस र एमालेको गठबन्धन बन्नु जुन कारणले प्रचण्ड सरकार गिर्‍याे त्यही कारणले एमाले र काँग्रेसको गठवन्धन बन्यो ।

कारण थियो संविधान संशोधन ।प्रचण्ड सरकारमा अघोषित मुध्दा थियो संविधान संशोधन त्यो हुन सकेन अहिले घोषित रुपमै संबिधान संशोधनको मुद्दा छ ।

अहिले राजनीतिक रुपमा जुन जुन शिर्षक र बुदामा संविधान संशोधनको मुध्दा छ ति मात्रै हुन की अरु विसय पनि छ । अहिले बाहिर चर्चामा नआएको विसय पनि संविधान संशोधनको विसय हुन सक्छरुत्यो सरकारले राख्न सकिरहेको छैन । अहिले राजाबादीहरुको आन्दोलन क्रमश बडिरहेको छ ।

यो दलगत राजनीतिको कारण वितृष्णा देशमा भ्रष्टचार कुशुशान बढीरहेकै कारण राजावादीहरु हौसेका हुन र जनताले पनि वाक्क र दिक्क भएर त्यतापट्टी आकर्षण बढाएका हुन १ यो राजावादीहरुको आन्दोलन अहिलेको गठवन्धन सरकारको लागी अनुकुल र सहयोगी वन्दै गएको देखिन्छ ।

यो आन्दोल चरम सिमामा पुगोस गठवन्धन सरकार चाहान्छ १ र यस्तो अवस्था र परिस्थिती निर्माण होस् की गणतन्त्रको रक्षाको लागी सबै दल एक ठाउमा उभिन वाध्य भएर संविधान संशोधन को मुद्दामा राजावादीहरु समेतको उपस्थितिमा संविधान संशोधन गर्ने छन् । त्यतिखेर काँग्रेस र एमाले ले संविधान संशोधन को बुदा र शिर्षक नराखेको शिर्षक पनि समेट्दै संविधान संशोधन हुनेछ । जुन संशोधन गर्न नसकेर प्रचण्डको नेतृत्वको सरकार गिर्‍याे ।

प्रतिक्रिया