आईजिआई पु्रडेन्सियल इन्स्योेरेन्सको २७औँ बार्षिक साधारण सम्पन्न

काठमाडौं । आईजिआई पु्रडेन्सियल इन्स्योेरेन्सको २७ औँ बार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीले आइतबार आम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शालमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा सम्पूर्ण शेयरधनीहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । जीवनमा आइपर्ने विपद् र जोखिम अनपेक्षित र अनिश्चित हुने गर्छन ।
आफुले दुःख गरेर आर्जन गरेको सम्पतीे होस या कुनै व्यवसाय संभावित जोखिम न्यूनीकरण गर्ने सबैभन्दा भरपर्दो माध्यमनै निर्जीवन बीमा हो र यसै यथार्थलाई मध्यनजर गर्दै बिगत दुई दशक भन्दा लामो समयदेखि यस आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले नागरिकको जीवनमा आईपर्ने यस्तै अनेकौँ जोखिमहरुको न्युनीकरण गर्न सहजकर्ताको भुमिका खेलिरहेको छ भने समग्र अर्थतन्त्रमा नै महत्वपुर्ण योगदान पु¥याउदै आईरहेको जानकारी दिए ।
उक्त अवसरमा ढकालले समीक्षा बर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ४७ करोड रुपैंयाँ बीशाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा दुई दशमलव आठ प्रतिशतले बढी हो । साथै आ.ब. २०८०/०८१ मा कूल ग्राहस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको शुन्य दशमलव ७३ र कूल बीमा क्षेत्रको तीन दशमलव ४७ प्रतिशत योगदान रहेको छ । सो सुचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको जानकारी गरउंदै समीक्षा बर्षमा कम्पनीले तीन अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी गत बर्षको दांजोमा सात दशमलव १२ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी गराए ।
त्यसैगरी कम्पनीले आर्थिक बर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक बर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको नौं दशमलव ७३६८ प्रतिशतका दरले हुन आउने रकम २९ करोड ४९लाख ६१ हजार पाँच सय ३० (कर प्रयोजनार्थ सहित) नगद लाभांश सभाबाट पारित भएको जानकारी गराए ।
कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिना भित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी बर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमश व्यवस्था गर्दै लगिने व्यहोरा समेत शयरधनी महानुभावलाई जानकारी गराए ।
प्रतिक्रिया