मंगलबार, पुष १, २०८२

माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु

नेपालखोज २०८१ फागुन २८ गते २०:१५

सिमकोट (हुम्ला) । हुम्लाको मध्यभेगमा बुधबार बिहान माटोको ढिस्कोले पुरिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । पुरिएर अन्य चार महिला घाइते भएका छन् ।

सर्केगाड गाउँपालिका–७, रोडिकोट गाउँको राहकोट भन्ने ठाउँमा बिहान घर लिपपोतका लागि माटो लिन गएकी २८ वर्षीया नेत्रकला जैसीको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिए । उनको माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर मृत्यु भएको हो ।

यस्तै, माटोको ढिस्कोले पुरेर चार महिला घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–७ रोडिकोटकै २५ वर्षीया तीर्थकला जैसी, २७ वर्षीया जालकी जैसी, २० वर्षीया लक्ष्मी जैसी र २६ वर्षीया मञ्जु जैसी घाइते भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया