शुक्रबार, वैशाख १२, २०८२

सातामा ३५ अर्ब नौं करोड ८१ लाख रुपैंयाँको शेयर किनबेच

नेप्से २७ सय ३६ बिन्दुमा,

नेपालखोज २०८१ फागुन ३० गते १२:००

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार सात सय ३६ दशमलव ४८ बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५९ दशमलव शुन्य तीन बिन्दुुमा कायम भएको छ ।

धितोपत्र बजारमा यो साता तीन सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख ७० हजार सात सय ७० पटकको कारोबारमा सात करोड ६३ लाख २२ हजार दुई सय ४६ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ३५ अर्ब नौं करोड ८१ लाख २६ हजार नौं सय ९३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै २७ अर्ब रुपैंयाँले कम हो ।

गत साता भने धितोपत्र बजारमा तीन सय १८ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार पाँच लाख ९६ हजार नौं सय ८५ पटकको कारोबारमा १२ करोड ९१ लाख ८२ हजार पाँच सय ३९ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ६२ अर्ब ५५ करोड ५९ लाख ५२ हजार चार सय २७ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये चौथो दिन नेप्से उकालो लागेको थियो भने बाँकी दिनहरुमा लगातार ओरालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक ४६ दशमलव ३३ अंकले ओरालो लागेर २७ सय ७२ दशमलव १० बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३१ अंकले ओरालो लागेर चार सय ६३ दशमलव २९ बिन्दुमा झरेको थियो ।

दोस्रो कारोबार दिन पनि नेप्से परिसुचक २० दशमलव ६८ अंकले ओरालो लागेर २७ सय ५१ दशमलव ४२ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५३ अंकले ओरालो लागेर चार सय ५९ दशमलव ७६ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन पनि नेप्से परिसुचक ३२ दशमलव २१ अंकले ओरालो लागेर २७ सय १९ दशमलव २० बिन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २८ अंकले ओरालो लागेर चार सय ५६ दशमलव ४७ बिन्दुमा झरेको थियो ।

चाैँथो कारोबार दिन भने नेप्से परिसुचक १७ दशमलव २८ अंकले उकालो लागेर २७ सय ३६ दशमलव ४८ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५५ अंकले उकालो लागेर चार सय ५९ दशमलव शुन्य तीन बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, माछापुच्छे बैंकको संस्थापक शेयर आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनी अगाडी परेका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम

पहिलो दिन ३१५ ११२३४७ २२७२६२८३ १००९३६५४१२९.६१
दोस्रो दिन ३११ ८७१५६ १५०९४९१५ ८३७८०५५०५७.५७
तेस्रो दिन ३०३ ९२०३१ १५५५९६८३ ८३९११४९०५०
चौंथो दिन ३२३ ७९२३६ २२९४१३६५ ८२३५२६८७५५.३१
पाँचौं दिन सार्वजनिक बिदा
कुल ३२३ ३७०७७० ७६३२२२४६ ३५०९८१२६९९३.१८
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया