धनगढीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन घाइते
नेपालखोज
२०८१ चैत २ गते ११:२३

काठमाडाैं । धनगढी उपमहानगरपालिका-६ मटियारीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन् ।
ग्यास सिलिन्डर विस्फोट हुँदा घटनामा ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का र ४० वर्षीय स्थानीय ग्यास व्यापारी गोविन्द घाइते भएका छन् ।
उनीहरूको हाल निसर्ग अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा विस्फोट भएको हो । यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया