नेपाल बैंक र वात्सल्य नेचुरल आई. भि. एफ बिच सम्झौता

काठमाडौं । नेपाल बैंक र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. बिच सम्झौता भएको छ । सम्झौंता अनुसार बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का विभिन्न स्थानमा रहेका अस्पताल र क्लिनिकमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुने छ ।
याे सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकलाई प्याथोलोजी र औषधी सेवामा पाँच देखि १५ प्रतिशत सम्म र आई. भि. एफ प्याकेजमा कर्मचारीलाई १५ हजार रुपैंयाँ र नेपाल बैंकका ग्राहकलाई १० हजार रुपैंयाँ छुट हुने भएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. को तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नविन विष्टले हस्ताक्षर गरेका हुन ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले काठमाडौं स्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवल मा अवस्थित वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. का अस्पताल र क्लिनिकहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
प्रतिक्रिया