बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु
नेपालखोज
२०८१ चैत ८ गते १२:५८

खोटाङ । बेग्लाबेग्लै घटनामा यहाँ दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु भएको छ ।
आज बिहान ४ः०० बजे दिलकुमारीको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । यसैगरी, घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी २१ महिने शिशुको उपचारका लागि काठमाडौं लाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया