तीनकुनेमा झडप, केही घरमा आगजनी र तोडफोड

नेपालखोज २०८१ चैत १४ गते १८:४०

काठमाडौं । काठमाडौंको तीनकुनेमा निषेधित क्षेत्र तोड्दै केही प्रदर्शनकारीहरुले केही घरमा तोडफोड तथा आगजनी गरेका छन् । त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ ।

राजसंस्था समर्थित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए ।

‘प्रहरीले संयमित भएर आफ्नो कर्तव्य निर्वाह गरेको छ’, उनले भने, ‘प्रदर्शनकारीहरुले केही घरमा आगजनी र तोडफोड गरेका छन्, क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।’ झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।

निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी अगाडि बढ्न थालेपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । त्यसअवसरमा प्रदर्शनकारीले निजी सवारीसाधन प्रयोग गरी प्रहरीको घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेको उनले उल्लेख गरे ।

प्रतिक्रिया