शनिबार, वैशाख १३, २०८२

आइपिएल : मुम्बइको तेस्रो हार

नेपालखोज २०८१ चैत २२ गते ११:२८


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्स चौथो खेलमा तेस्रो हारको सिकार भएको छ ।

शुक्रबार राति भएको खेलमा लखनउले मुम्बइलाई १२ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

जवाफमा मुम्बइ निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रनमा समेटियो । लखनउका लागि मिचेल मार्सले ६० रन बनाउँदा एडन मारक्रमले ५३ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै आयुस बडोनीले ३० तथा डेभिड मिलरले २७ रन बनाए। मुम्बइका लागि हार्दिक पाण्ड्याले ५ विकेट लिएका थिए ।

१९२ रनको लक्ष्य पछ्याएको मुम्बइका लागि सूर्यकुमार यादवले ६७ रन बनाउँदा नमन धिरले ४६ रन बनाएका थिए ।

त्यस्तै तिलक वर्माले २५ रन बनाउँदा हार्दिक पाण्ड्याले अविजित २८ रन बनाएका थिए । प्रतियोगितामा आज डबल हेडर अन्तर्गत दिनको पहिलो खेलमा चेन्नइ सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

प्रतिक्रिया