सबै सुचक राताम्मै, पाँच अर्ब ६५ करोडको शेयर किनबेच

नेपालखोज २०८१ चैत २४ गते १५:२६

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से ३२ दशमलव ४५ अंकले घटेर २६ सय ७० दशमलव ९४ अंकमा झरेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८५ अंकले घटेर चार सय ४६ दशमलव २३ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ५५ हजार सात सय १२ पटकको कारोबारमा एक करोड १४ हजार आठ सय ६६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६५ करोड ८९ लाख ७३ हजार सात सय ६६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १२ दशमलव ५३ अंकले घटेर १३ सय ६४ दशमलव ८९ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ६९ दशमलव ५३ अंकले घटेर पाँच हजार चार सय ३० दशमलव ९६ अकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि ५३ दशमलव ६२ अंकले घटेर २५ सय ४२ दशमलव १७ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ४४ दशमलव ८३ अंकले घटेर तीन हजार चार सय ६० दशमलव तीन अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय नौं दशमलव ९७ अंकले घटेर १३ हजार तीन सय १० दशमलव ९५ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५७ अंकले घटेर १२ हजार एक सय ८५ दशमलव ५० अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ८४ दशमलव ४७, एक दशमलव ५६, ९५ दशमलव ३८, ५० दशमलव ५४, शुन्य दशमलव शुन्य एक, १२ दशमलव ७१ र एक सय ५८ दशमलव ४५ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुटवल पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।

प्रतिक्रिया