शुक्रबार, वैशाख १२, २०८२

फोन पोइन्ट्स र आइएमएस सफ्टवेयरबीच सम्झौंता

नेपालखोज २०८१ चैत २५ गते १६:२०

काठमाडौं । फोन पोइन्ट्स र आइएमएस सफ्टवेयरबीच सम्झौंता भएको छ । फोनपोइन्ट्स र आइएमएस सफ्टवेयरबीचको सम्झौंता २० हजारभन्दा बढी मर्चेन्ट काउन्टरमा सहज र छिटो छुट प्रक्रिया सुरू गरेको छ ।

सम्झौंता मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु रहेको दुबै कम्पनीले सयुक्तरुपमा जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । जहाँ अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता नपर्ने कम्पनीको भनाइ छ। एउटा कोड देखाएर तुरुन्तै बिलमा छुट हुनेछ ।

सुरुवाती छुट अफरमा सेल्सवेरीका सातदोबाटो, मुलपानी, महाराजगञ्ज, सितापाइला, बत्तिसपुतली, चिप्लेढुंगा शाखामा दुई सय रूपैयाँ छुट, बाल्ट्राका सबै उत्पादनमा १२ प्रतिशत छुट पाइनेछ । यस्तै, पिज्जा वल्र्ड, पिज्जा प्लानेट, क्याफेफिलिया, बोधी बुक्स लगायतमा १५ प्रतिशत छुट पाइने बताइएको छ ।

कम्पनीका अनुसार भविष्यमा आइएमएस सफ्टवेयरमा थप मर्चेन्टलाई समावेश गर्दै फोनपोइन्ट्स प्रयोगकर्तालाई अझ व्यापक र सुविधाजनक छुट सुविधा उपलब्ध गराइनेछ ।

प्रतिक्रिया