दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियाे
नेपालखोज
२०८१ चैत २८ गते १४:५०

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।
झापा भद्रपुरबाट पक्राउ परेका प्रसाईंलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौं हुँदै सरकारी वकिलको कार्यालय लगिएको हो ।
चैत १५ गते भएको राजावादीको प्रदर्शनको जनकमान्डर भनिएका प्रसाईंलाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्न म्याद थप गर्ने तयारी छ ।
उनलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई लगाइएको अभियोगमै अदालतबाट म्याद लिने तयारी प्रहरीले गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया