निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
नेपालखोज
२०८२ वैशाख ४ गते १६:१६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र (राप्रपा)ले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको हाे ।
राजसंस्था पुनस्स्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग सहित राप्रपाले यो प्रदर्शन गर्न लागेको हो ।
यस्तै ९ गते ७७ जिल्लामा विरोध सभा र धर्ना दिने तथा उपत्यकामा सबै वडा तहसम्म नेताहरू पुग्दै सङ्गठनलाई मजबुत बनाउने निर्णय गरेको बैठकपछि अध्यक्ष लिङ्देनले जानकारी दिए । आन्दोलनसँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष कमिटी बनाउने निर्णय समेत गरेको लिङ्देनले बताए ।
सम्बन्धित
प्रतिक्रिया