शनिबार, वैशाख १३, २०८२

एआईजी बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस

नेपालखोज २०८२ वैशाख ४ गते १८:३४

काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयको आज बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा डिआइजीहरु चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी छन् ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

प्रतिक्रिया