कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
नेपालखोज
२०८२ वैशाख ७ गते १८:२४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन् ।
सभापति देउवाले आफू देशबाहिर प्रस्थान गरेकाले पार्टीको विधान बमोजिम स्वदेश नफर्कुञ्जेलसम्म खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया