शुक्रबार, वैशाख १२, २०८२

राजशाहीकालमा जन्मेका नेताहरू !

ओम आचार्य २०८२ वैशाख १२ गते १५:४२

नेपालमा २००७ साल देखी ६२/६३ सम्म पुर्णत शाही काल थियो । यो शाह कालले  नेपालमा धेरै नेताहरू जन्मायो, शाही काल नेताहरू जन्मने उर्वर समय थियो । सामान्यतया नेपालमा मात्रै हैन यस्तो विश्वमा जहाँ–जहाँ शाही शासन थियो त्यँहा–त्यँहा नेताहरू जन्मिए र यो नै  शाहि शासनको यौटा विशेषता हो र त्यही भएर शाही शासन भनिएको हो । 

 पौराणिक काल तिर फर्केर हेर्दा पनि यस्तै महापुरुष दिव्य पुरुषहरूको जन्म भएको देखिन्छ । श्रीकृष्ण, श्रीराम इत्यादि, तर पौराणिक कालमा श्रीकृष्णले कंसको वध गरेपछी कंसको मथुरा  राज्यको गद्दीमा आफू बसेन उग्रसेनलाइ जिम्मा लगाए, श्रीरामले रावण वध गरेपछि लङ्काको गद्दी पनि आफूले लिएनन् त्यहीका शाही परिवारका  योग्य विभीषण  लाई सुम्पे त्यस्तै किष्किन्धामा पनि बालीको वध पछि सुग्रीवलाई जिम्मा लगाए । उनीहरूलाई थाहा थियो उनिहरुको उछिस्ट त्यही छ र त्यो उछिस्टबाट कुनै पनि समय विद्रोह हुन सक्छ यो दूरदर्शी निर्णय लिए । 

नेपालमा राजा वीरेन्द्रको वंश नै समाप्त गरियो वंश समाप्त गर्नेले यो कुरा बुजेनन की राजा वीरेन्द्रको उछिस्ट थिए र त्यही उछिस्टबाट वीरेन्द्रको हत्या पछि पनि निरन्तर नेपालमा  राज शाही चल्यो । तर पछिल्लो समय गणतन्त्र आयपछि नेपालमा त शाही काल नै समाप्त गरियो , राज शाही हटाइयो तर गणतन्त्रवादी नेताहरू ले यो कुरा बुझेन कि नेपालमा शाही परिवारका उछिस्ट छन् र यो कुनै पनि समय व्युतिन सक्छ । कुनै पनि समय विद्रोह हुन सक्छ। त्यस्तै परिस्थिति बुझेर श्रीराम र श्री कृष्णले त्यहाँका राज्यको गद्दी नलिएर त्यहीका शाही परिवारका योग्य मानिसलाई जिम्मा लगाएका थिए, यो कुरा सायद गिरिजा प्रसाद कोइरालाले बुझेर नै “बेबी किंग” को कुरा उठाएका पनि थिए । भविष्यमा गणतन्त्र निर्विवाद रहोस् भनेर  भविष्यमा शाही परिवारका उछिष्ट र शाही परिवारका पक्षधर र समर्थकहरू फेरी आन्दोलित नहोस् भनेर तर के कारणले हो यसले नतिजा दिन सकेन ।

नेपालमा शाहीकाले थुप्रै नेताहरू जन्मायो । नेताहरू जन्मने उर्वर समय नै शाही काल हो । शाही काल को तत्कालीन समय नै यस्तो रह्यो की नेताहरू जन्मने वातावरण र परिस्थिति राज शाहीले  आफै सिर्जना गर्थे र विषय वस्तु बनाउँदै जान्थे । मानव अधिकारको हनन गर्नु, मौलिक हक अधिकार हनन गर्नु, प्रेस स्वतन्त्रता नहुन, वाक स्वतन्त्रता नहुनु, भ्रस्टचार ले पराकाष्ठा नाघ्नु, सुशासन नहुन, हत्या हिंसा र जेल निर्वासित गर्नु भन्नुस् अधिनायकवाद र सर्वसत्तावाद लाद्नु नै राज शाही मा नेताहरू जन्मने उर्वर समय भयो । 

राज शाहीले नेताहरू मात्रै जन्माएन राज शाहीले धेरै कवि लेखकहरू पनि जन्मायो उनीहरूलाई लेख्ने विषय वस्तु, लेख्ने परिवेश, लेख्ने परिस्थिति वनिनैरहयो । सडक कविता क्रान्तिले  धेरै कविहरू जन्मायो । तत्कालीन राजनैतिक व्यवस्थाले सिर्जना गरेको पृष्ठभूमिमा धेरै उपन्यास कथा निबन्धहरू लेखिए र यसरी साहित्यकार पनि जन्मिए । त्यतिखेर पत्रकार र पत्रकारिता तत्कालीन समयको  चुनौतीमा पनि अधिनायक र सर्वसत्तावादको कुरा उठाइनै रहे। 

राजशाहीकालमा जन्मिएका नेताहरूले तत्कालीन व्यवस्थाको विरुद्ध, तत्कालीन व्यवस्थाले उत्पन्न गरेको परिस्थिति विरुद्ध र वेथितीको विरुद्ध आन्दोलन गरे र ती नेताहरू अहिले गणतान्त्रिक शासन व्यवस्थाको राज्य सञ्चालक छन् । यो राज्य सञ्चालनमा नेपालका सबै राजनीतिक दलहरूले आफ्नो राजनीतिक हैसियत, आफ्नो राजनीतिक पाटीको क्षमता अनुसार राज्य सञ्चालनको जिम्मेवारी पाएका थिए र छन्  । र यिनीहरूले पूर्व राजशाहीकालको विकृति, विसङ्गति अधिनायकवाद, सर्वसत्तावादको नजिकबाट अध्ययन गरेका थिए । नजिकबाट अनुभव गरेका थिए र त्यसको पिडा त्यसको यातना भोगेका थिए र यस बाट गणतान्त्रिक मुलुकले उन्मुक्ति पाउँछ, राष्ट्र संवृद्धि र विकास तिर उन्मुख हुन्छ । जनताले र स्वयं नेताहरू पनि यो पिडाबाट मुक्त हुन्छन् । जनताले यस्तो सोचेका थिए जनताले यस्तो अभिलाषा गरेका थिए र अव नेपालमा पुन यस्तो आन्दोलन गर्नु पर्दैन, अव आन्दोलन सदा काली सकियो, मुलुकमा अमन चैन आउँछ यस्तो सोचे, तर त्यस्तो भएन । भयो के भने यिनीहरूले त्यही सिके यिनीहरूले त्यही देखे र त्यसैलाई गणतन्त्रमा दोस्रो संस्करण रूपमा जनतालाई दिँदै गए । त्यति मात्रै हैन यिनीहरूले सिकेको, यिनीहरूले देखेको, यिनीहरूले भोगेको भन्दा अझ बडी गर्दै गए । र यसको परिष्कृत रूप प्रस्तुत गरे । 

अहिले नेपालमा काँग्रेस र एमालेको शक्तिशाली सरकार छ । झन्डै  दुई तिहाइको सरकार छ । यो सरकारको यिनीहरूको राज्य संन्चालनको शैली र तौर तरिकाले राज शाही सँग तुलना मात्रै गरेन त्यो भन्दा बडी अधिनायकवाद त्यो भन्दा बडी सर्वसत्तावाद पथमा अग्रसर भइरहेको पुस्टी सरकारको कार्य शैलीले देखाउँदै गएको छ ।

एमालेकै केपी ओली एक समय प्रधानमन्त्री छदा गुप्तचर विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति सुदृढीकरण विभाग, २५ अर्ब सम्म सिधै ठेका दिने व्यवस्था आफ्नो मातहतमा राखेर शक्तिशाली बन्न खोज्नु, अर्को तिर राज्यले निर्मला वलत्कार पछिको हत्या, ३३ किलो सुन तस्करी, NCL को काण्ड, वाई बडी भ्रस्टचार, बालुवाटार को सरकारी जग्गा बिक्री लगायतका मुद्दाहरूको किनारा लगाएर दोषीलाई कार्यवाही गर्न नसक्नु, त्यस्तै पत्रकार लाई धरपकड गर्नु जेल हाल्नु र प्रेस जग लाइ संकुचन गर्ने रणनीति बनाउँदै जानु, न्याय क्षेत्रपनि सरकारले आफ्नो प्रभाव क्षेत्र भित्र पार्नु, स्वायत्त सङ्घ संस्था निकायहरूमाथि क्रमशः हस्तक्षेप गर्दै जानु राजशाहीकालले जन्माएका नेताहरूबाट यस्तो हुनु गणतान्त्रिक मुलुकको लागी दुर्भाग्य रूपमा लिन सकिन्छ। अहिले आएर दुई ठुला दलको सरकारले सुशासन आयोग गठन गर्नु लाई पनि लाई पनि जनताले आश्चर्य र आयोगमाथि नै संशय व्यक्त गर्न थालेका छन् ।

 गणतन्त्र आयपछि अव मुलुकमा फेरी आन्दोलन हुँदैन, अव फेरी हामीले आन्दोलन गर्नु पर्दैन, नेपाल बन्द र आगजनी हुँदैन भन्ने हाम्रो सोच र विश्वासमा दुई ठुला दलको सरकारको राज्य संन्चालन शैलीले गलत साबित गरेको छ । एकातिर  राजावादी दल, राप्रपा ले पनि आन्दोलनको फेहरिस्त सूचि नै सार्वजनिक गरिसकेको छ भने शिक्षकहरूको आन्दोलन र अन्य केही साना राजनीतिक दलहरूले सामूहिक आन्दोलन गर्ने रणनीति कै लागी एक ठाउँमा आउने वातावरण तयार गर्दै छन् । नेपाली काँग्रेसले पनि दुई दलीय सरकार विरुद्ध विरोध गर्दै छ । पूर्व राजाले पनि आफ्नै किसिमले जनता सँग सम्पर्क बढाइँ रहेका छन् भने वर्तमान राज्य सञ्चालन शैलीले दुई दलीय सरकार प्रति जनतामा वितृष्णा बढेको छ । यी सबै कुराले  गणतन्त्रको सुदूर भविष्य सुखद होला ? यसमा सन्देह बडेर गएको छ । यो सन्देह बढ्नुमा राज शाही कालमा जन्मेका नेताहरू नै जिम्मेवार हुन, भोली जनताले यसरी इतिहासमा मूल्याङ्कन गरे भने ? 

राज शाही कालमा जन्मेका नेताहरूबाट मुलुकमा केही सुधार नहुने भएपछि गणतन्त्र स्थापित भएपछि गणतन्त्रले नेताहरू जन्माउने छन् र त्यसको रूपरेखा,  छनक देखिन थाल्दै छ यसो भयो भने राज शाही कालमा जन्मेकाहरू गणतान्त्रिक नेताहरू कालान्तरमा विस्थापित हुन्छन् जसरी राज शाहीका पृष्ठपोषक, राज शाहीका प्रतिरक्षामा उभिएकाहरू विस्थापित भए ।

प्रतिक्रिया