आइतबार, वैशाख १४, २०८२

प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप, ७ शिक्षक घाइते

नेपालखोज २०८२ वैशाख १४ गते १३:४७

काठमाडौं । बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको छ ।

आइतबार बानेश्वरमा शिक्षकहरूले प्रहरीको घेरा तोडेर अगाडि बढ्ने प्रयास गरेपछि झडप भएको हाे । झडप हुदाँ ७ जना शिक्षक घाइते भएका छन् ।

शिक्षक आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ ।

प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको छ । घाइतेको अरू विवरण संकलन गरिरहेको र केही प्रहरीलाई पनि चोट लागेको छ ।

प्रतिक्रिया