अफगान शरणार्थीहरूको घरफिर्ती अभियान : पाकिस्तान र इरानबाट व्यापक आगमन

काबुल । अफगानिस्तानको उच्च आयोगले आइतबार रिपोर्ट गरेको अनुसार, एक हजार ६६७ अफगान परिवार आठ हजार ९० सदस्यले शुक्रबार र शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् । यी शरणार्थीहरू अफगानिस्तानका विभिन्न सीमावर्ती प्रवेश बिन्दुहरूबाट आफ्नो घर फर्केका छन् ।
तिनीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम, दक्षिणी कन्दहार प्रान्तको स्पिन बोल्डक, पश्चिमी हेरात प्रान्तको इस्लाम काला र पश्चिमी निमरोज प्रान्तको अब्रिशाम सीमाबाट अफगानिस्तानमा प्रवेश गरेका छन् । उक्त आयोगले अफगान शरणार्थीहरूको लागि अस्थायी आवास, खाद्यान्न, पानी, स्वास्थ्य सेवा र यातायात सेवा प्रदान गरेको छ ।
संयुक्त राष्ट्र सङ्घको शरणार्थी उच्चायुक्त (युएनएचसीआर) द्वारा बिहीबार सार्वजनिक गरिएका तथ्याङ्क अनुसार, १ एप्रिलदेखि २४ अप्रिलसम्म लगभग एक लाख २० हजार अफगान शरणार्थी पाकिस्तानबाट आफ्नो देश फर्केका छन् । हाल, लगभग सात लाख अफगान शरणार्थी विदेशमा बसोबास गर्दैछन् । रासस/सिन्ह्वा
प्रतिक्रिया