निक्षेप लगानीको लागि राष्ट्र बैकको प्रस्ताव, बैकमा तीन अर्ब ८४ करोड ३८ लाख राखिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब ८४ करोड ३८ रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । बैंकको विभिन्न कोषमा रहेको रहेको रकम तीन सय ६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि मे १७, २०२५ देखि मे १७, २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनस कम्पनीहरुले यही बैशाख १९ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि तीन अर्ब सात करोड ५२ लाख, विकास बैंकको लागि ५७ करोड ६५ लाख र फाइनान्स कम्पनीको लागि १९ करोड ९१ लाख रुपैयाँ छुट्याईएको राष्ट्र बैंकको भनाई छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएका छन् ।
प्रतिक्रिया