सन् २०१४ यता विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु : राष्ट्रसंघ

जेनेभा । संयुक्त राष्ट्रसङ्घले पछिल्लो एक दशकमा विश्वभर ७२ हजारभन्दा बढीको मृत्यु भएको वा वेपत्ता पारिएका व्यक्तिको अभिलेखीकरण गरिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)का अनुसार गत वर्ष आप्रवासन मार्गमा कम्तीमा आठ हजार ९३८ जनाको मृत्यु भएको योपछिल्लो एक दशकमा एक बर्षमा भएको सबैभन्दा बढी आप्रवासीको मृत्यु थियो ।
आईओएमकी प्रमुख एमी पोपले एक विज्ञप्ति जारी गर्दै असुरक्षा, अवसरको अभाव र अन्य दबाबका कारण र घरमा सुरक्षित वा व्यवहारिक विकल्प नहुँदा मानिसहरूले आफ्नो ज्यान जोखिममा पारेको दुःखद स्मरण गराएको बताए ।
सन् २०१४ यता विश्वव्यापी रूपमा भएका सबै आप्रवासी मृत्यु र बेपत्तामध्ये करिब तीन चौथाइ मानिस असुरक्षा, द्वन्द्व, विपद् र अन्य मानवीय सङ्कटबाट भागेर आएको उनको संयुक्त राष्ट्रसङ्घीय निकायको प्रतिवेदनमा उल्लेख छ ।
आईओएमको वेपत्ता आप्रवासीको रिपोर्टमा भनिएको छ, ‘मानवीय सङ्कटबाट हजारौं अफगानी, रोहिङ्ग्या र सिरियाली नागरिकको मृत्यु भएको छ र प्रभावित मुलुकका चार जनामध्ये एक जना ती मुलुकका नागरिक रहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको सङ्कट प्रतिकार्य योजना वा मानवीय प्रतिकार्य योजना रहेको विश्वका ४० देशमध्ये एकबाट भाग्ने क्रममा ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
दिवङ्गत पोपले अन्तर्राष्ट्रिय लगानीका लागि समुदायभित्र स्थायित्व र अवसर सिर्जना गर्न आग्रह गर्दै आप्रवासन आवश्यकता नभई विकल्प भएको बताएका छन् ।
मध्य भूमध्यसागरीय क्षेत्र विश्वकै सबैभन्दा घातक आप्रवासन मार्गका रुपमा रहेको र पछिल्लो एक दशकमा करिब २५ हजार मानिसले समुद्रमा ज्यान गुमाएको आईओएमले जनाएको छ ।
तीमध्ये १२ हजारभन्दा बढी युद्धग्रस्त लिबियाबाट प्रस्थान गरेपछि समुद्रमा हराएका थिए भने अन्य अनगिन्ती सहारा मरुभूमिमा ट्रान्जिट गर्ने क्रममा बेपत्ता भएका थिए ।
सन् २०२१ मा तालिबानले पुनः सत्ता सम्हालेयता विगत एक दशकमा सङ्कटग्रस्त अफगानिस्तानबाट बाहिरिने क्रममा पाँच हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
यस अवधिमा म्यान्मामा उत्पीडनमा परेका रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका तीन हजार १०० भन्दा बढी सदस्यको मृत्यु भएको थियो ।
उनले भने, ‘विशेषगरी युद्ध क्षेत्र र विपद् क्षेत्रमा तथ्याङ्कको अभावका कारण वास्तविक मृत्यु हुनेको सङ्ख्या हामीले रेकर्ड गरेको भन्दा धेरै हुन सक्छ ।’ रासस/एएफपी
प्रतिक्रिया