शनिबार, वैशाख २०, २०८२

नवनियुक्त प्रहरी निरीक्षक दज्र्यानी चिन्हद्वारा सुशोभित

नेपालखोज २०८२ वैशाख १९ गते १७:११

काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६५ जना प्रहरी निरीक्षकहरु दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरुलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका हुन । २०८१ भदौ २८ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८२ वैशाख ७ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६५ र खुलातर्फ १२ जना गरी कुल ७७ जना प्रहरी निरीक्षक उत्तीर्ण भएका छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ११ गतेको निर्णयले वैशाख १४ गतेदेखि लागू हुने गरी उनीहरू प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी निरीक्षक विरेन्द्र कुमार कोईरालालाई समेत दज्र्यानी चिन्हद्वारा सुशोभन गरे ।

दज्र्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक थापाले नवनियुक्त भएका प्रहरी अधिकृतलाई बधाई दिँदै पदीय मर्यादालाई मनन गरी आगामी दिनमा अझ बढी अनुशासित थप परिष्कृत एवम् व्यावसायिक भई प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले वहन गर्न निर्देशन दिए ।

नवनियुक्त अधिकृतबाट संगठनको श्रीवृद्धिका लागि अझ बढी उर्जा प्राप्त हुने उनले विश्वास व्यक्त गरे । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृत एवम् जवानको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया