शनिबार, वैशाख २०, २०८२

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

नेपालखोज २०८२ वैशाख २० गते ९:१८

काठमाडाैं । पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । सुनवल नगरपालिका–६ पुलटोल बस्ने विष्णु कुँवरका दुई छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो । 

शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेको जनाइएकाे छ ।

उनीहरू स्थानीय  जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए ।

प्रतिक्रिया