मंगलबार, वैशाख २३, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट सातजना पक्राउ

नेपालखोज २०८२ वैशाख २३ गते १२:३१

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-४ लामाचौरबाट लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित धनकुटा चौबिसे गाउँपालिका-३ बस्ने १९ वर्षीय सुजन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ मटेरूवा चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८४० मिलिग्राम सहित बेलवारी नगरपालिका-४ बस्ने ३१ वर्षीय अनमोल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ भारत बिहार अररीया थाना जोगबनी बस्ने ६५ वर्षीया रोशनी खातुन र सुनसरी इनरूवा नगरपालिका-७ बस्ने ४२ वर्षीय लाल मोहमदले दिएको भन्ने खुल्न आएपश्चात रोशनी र लाल लाई समेत विराटनगर महानगरपालिका मटेरूवाबाट प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७५० मिलिग्राम र नगद १ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अभिशेख थारूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ यरीचोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८० मिलिग्राम सहित सोही ठाउँ बस्ने भारत बहराइज नानपारा चौकी-१६ घर भएका २४ वर्षीय रेहान खान लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया