मंगलबार, वैशाख २३, २०८२

आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्यारउन ध्यान केन्द्रीत गर्नुपर्छ : राष्ट्रपति

नेपालखोज २०८२ वैशाख २३ गते १४:३४

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्यारउन ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्यारउनका साथै स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्यारउनकै लागी भएको उनले बताए । राष्ट्रपति पौडेलले देशको स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु खुसीको विषय भएको धारणा राखे ।

उनले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएकाले यसलाई रोक्न सम्बद्ध पक्षले उपर्युक्त कदम चाल्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया