मंगलबार, वैशाख २३, २०८२

गुजरात : वर्षाका कारण १४ जनाको मृत्यु, केही दिनसम्म ५०–६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने

नेपालखोज २०८२ वैशाख २३ गते २१:४४

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार रातिदेखि परेको असमयिक चट्याङ, मेघगर्जन, वर्षा र तीव्र हावाहुरीका कारण १४ जनाको दुःखद निधन भएको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

राज्यका १६८ स्थानमा पछिल्लो २४ घण्टामा वर्षा र हावाहुरीको प्रभाव परेको छ । अधिकारीहरूका अनुसार रुख ढल्दा, घर भत्किँदा र करेन्ट लाग्दा तथा चट्याङ पर्दा यी घटनाहरू भएका हुन् । स्थानीयवासीहरूका अनुसार तीव्र हावाले आँपका बगैँचाहरू र बागबानी खेतीमा समेत ठूलो क्षति पु¥याएको छ ।

भारत मौसम विज्ञान विभागले आगामी केही दिनसम्म पनि राज्यका विभिन्न स्थानहरूमा ५०–६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने, चट्याङसहित मेघगर्जन र वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया