बुधबार, वैशाख २४, २०८२

आक्रमणबारे पाकिस्तानका रक्षामन्त्री भन्छन्- भारतले सर्वसाधारणलाई निशाना बनायाे

नेपालखोज २०८२ वैशाख २४ गते ६:०३


काठमाडाैं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारणलाई निशाना बनाएको दाबी गरेका छन् ।

‘उनीहरूले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको दाबी गरिरहेका छन् । म अन्तर्राष्ट्रिय मिडियालाई भन्न चाहन्छु कि सबै पक्षहरूले आफैं आएर हेर्नुपर्छ कि यी आतंकवादी लुक्ने ठाउँहरू थिए कि नागरिक बस्ती, जसमा हाम्रा दुई मस्जिदहरू पनि समावेश थिए।’ ख्वाजा आसिफले बीबीसी उर्दूलाई भनेका छन् ।

उनले एक बच्चा र एक महिला शहीद भएकाे बताएका छन् । उनी भन्छन् ‘मसँग शहीदको पछिल्लो तथ्याङ्क छैन, तर पुष्टि भएका सात निशानामध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन् । यी सबै निशाना सर्वसाधारणमाथि थिए ।’

पाकिस्तानी सेनाले पनि बीबीसीलाई भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । -बीबीसी

प्रतिक्रिया