गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत : रेड क्रस

जेनेभा । अन्तर्राष्ट्रिय रेड क्रस समितिले गाजामा जारी द्वन्द्वका कारण उत्पन्न भइरहेको मानवीय अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै इजरायलद्वारा सबै प्रकारका मानवीय सहायता प्रवेशमा लगाइएको प्रतिबन्धलाई ‘अस्वीकार्य’ भएको बताएको छ ।
रेड क्रसका महासचिव पिएर क्राहेनबुहले जेनेभामा पत्रकार सम्मेलनमार्फत भने, ‘गाजा पट्टीमा मानवीय सहायता प्रवेश गर्न नदिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत हो र यो तत्काल परिवर्तन आवश्यक रहेको विषय हो ।’ उनले वर्तमान परिस्थिति अत्यन्तै नाजुक रहेको जनाउँदै भने, ‘अबको केही दिन अत्यन्त निर्णायक छन् । हाम्रोमा सीमित औषधि तथा आवश्यक सामग्री रहेका छन्, जुन चाँडै समाप्त हुन सक्छ ।’
इजरायलले मार्च १८ देखि पुनः सैन्य कारबाही सुरु गरेपछि सहायता आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको हो । इजरायलले भने गाजामा मानवीय सङ्कटको अवस्थालाई अस्वीकार गर्दै हमासविरुद्ध थप कारबाहीको योजना बनाइरहेको बताइएको छ ।
उनले सबै प्रकारका सहायता प्रयासहरूलाई सकारात्मक रूपमा हेर्न र सहयोग पुगोस् भन्ने आशयले अवरोध हटाउन आग्रह गरे । ‘गाजाको सिमानामा ठूलो परिमाणमा सहायता सामग्री तयार अवस्थामा रहेको छ, जुन तत्काल प्रवेश गराउन सकिनेछ,’ उनले स्पष्ट गरे । रासस/एएफपी
प्रतिक्रिया