शुक्रबार, वैशाख २६, २०८२

श्रीलङका : हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, ६ सख्त घाइते

नेपालखोज २०८२ वैशाख २६ गते १४:१४

काठमाडाैं । श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ ६ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन् ।

वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलटसहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । अन्य ६ जना घाइतेहरुको अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताए ।

यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताएका थिए ।

श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ ।

प्रतिक्रिया