राष्ट्रपति ट्रम्पकाे घाेषणा- भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएकाे बताएका छन् । अमेरिकाको मध्यस्थतामा रातभरको वार्तापछि भारत र पाकिस्तान ‘पूर्ण र तत्काल युद्धविराम’ गर्न सहमत भएका ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथमा उल्लेख गरेका छन् ।
ट्रम्पले एक पोस्ट गर्दै भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा लामो समयको वार्तापछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् ।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा भारत र पाकिस्तानले विभिन्न मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको बताएका छन् । उनले लेखेका छन्, ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा छलफल गर्न सहमत भएका छन् ।’ बीबीसी
प्रतिक्रिया