प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय

नेपालखोज २०८२ वैशाख ३० गते ११:१९

काठमाडौं । प्रतिनिधिसभाकाे पाक्षिक क्यालेन्डर तय भएकाे छ ।

प्रतिनिधिसभाले जेठ १ गतेदेखि १५ गतेसम्मको बैठक बस्ने पाक्षिक क्यालेन्डर तय गरेको हाे ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा बिहान बसेको कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरासियासहित प्रमुख दलका प्रमुख सचेतकको बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले पाक्षिक क्यालेन्डर बनाएको हो ।

सभामुखको सचिवालयले उपलब्ध गराएको क्यालेन्डरका अनुसार प्रतिनिधिसभा बैठक जेठ १, २, ४, ५, ६, १३, १४, १५ गरी ८ दिन बस्नेछ ।

प्रतिक्रिया