काठमाडौंको मखन गल्लीमा आगलागी, नियन्त्रणको प्रयास जारी
नेपालखोज
२०८२ जेठ १ गते ९:०२

काठमाडौं । काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ । काठमाडौँ स्थित मखन टोलस्थित महादेव चोकमा बुधबार बिहान भीषण आगलागी भएको छ ।
आज बिहान काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीको सुरज आर्केडपछाडि रहेको चार तले घरबाट आगलागी सुरु भएको थियो ।
मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आगलागीको कारण खुल्न बाँकी रहेको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया