जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
नेपालखोज
२०८२ जेठ ३ गते १०:०६

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गुम्राहचोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका–११ घर भएका २९ वर्षीय नरेन्द्र केसीको कोठामा जुवातास खेलिरहेको अवस्थामा नरेन्द्र समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।
काभ्रेको भुम्लु गाउँपालिका–८ कोशीपारी बस्ने शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–८ बस्ने ३३ वर्षीय सविन श्रेष्ठ समेत १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६४५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया