सोमबार, मंसिर २९, २०८२

मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाका बारे उजागर हुनुपर्छ : अध्यक्ष नेपाल

नेपालखोज २०८२ जेठ ३ गते १५:२७

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाका बारे उजागर हुनुपर्ने बताएका छन् ।

३२औँ मदन-आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दुई नेताको मृत्युका बिषयमा बिभिन्न चर्चा हुने गरेको भन्दै त्यसलाई उजागर गर्न सरकारको ध्यानाकर्षण गराए ।

घटनाको छानविन गर्दै सत्यतथ्य ल्याएर अपराधीहरुलाई नांगेझार पार्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले मदन-आश्रितको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा राखे । कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि मदन भण्डारीले गरेकाे योगदानको स्मरण गर्दै उहले अव आफुहरु कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने उल्लेख गरे ।

प्रतिक्रिया