सरसफाई गरौं भन्दा पनि फोहोर नगरौं भन्ने अभियानको जरुरी भएको सहभागी भनाई

नेपालगञ्ज । कोहलपुरमा शनिबार बृहत सरसफाई कार्यक्रम आयोजना भएको छ भने सरसफाई कार्यक्रमका सहभागीले तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा भन्ने नारा लगाएका छन् ।
प्लाष्टिकजन्य पदार्थ न्युनिकरणका लागि आयोजना गरिएको सरसफाई गर्ने क्रममा सहभागीहरुले अन्य पलाष्टिक भन्दा स्यामबहार, सुर्ति, मेघाश्रीहरुको प्याकेटहरु यत्रतत्र भेटिएकाले सहभागीहरुले उक्त कुरा बताएका हुन । साथै उक्त कार्यक्रममा सहभागी यमुना घिमिरे भन्छिन् सरसफाई गरौं भन्दा पनि फोहोर नगरौं भन्ने अभियानको जरुरी देखिन्छ ।
रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग कोहलपुर नगरपालिकाको कार्यालय,कोहलपुर नगरपालिका वडा नम्बर ८ को सहकार्य तथा बास नेपालको आयोजनामा बुधवार उक्त सरसफाई कार्यक्रम गरिएका हो । प्लाष्टिक जन्य फोहोरमैला ब्यवस्थापन र जवाफदेहता परियोजना अन्तर्गत प्लाष्टिकजन्य फोहोर न्युनिकरणका लागि सरसफाई अभियान कोहलपुरको झण्डहा चोक देखि सडकको दाँया बाँया हुँदै पिपरी चौक सम्म पुगेर समापन भएको थियो ।
बिहान ७ बजे देखि शुरु गरिएको उक्त सरसफाई कार्यक्रम ९ बजे समापन भएको थियो । बास नेपालका वनसम्पर्क अधिकृत माधव कार्कीले प्लाष्टिक जन्य चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौँ, प्लास्टिकको प्रयोग न्यूनीकरण गरौं, रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लाष्टिकजन्य फोहोर कम गरौं, प्लाष्टिकजन्य फोहर नजलाऔँ, वायु स्वच्छ राखौं लगायतका स्लोगनहरु बाचन गरी शुरुवात गरिएको सरसफाई कार्यक्रमको उद्घाटण कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर रानाले ब्यानरमा लेखिएका कुरा पढेर शरुवात गरिएको थियो ।

प्रतिक्रिया