फुटवल खेलाडी सावित्रा भण्डारी (साम्बा) को सम्मानार्थ साम्बाचोक स्थापना

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ साम्बाचोक नामाकरण र उक्त चोकमा साम्बा स्तम्भ निमार्ण गरिएको छ ।
लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका-९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्गले जेठ ५ गते उद्घाटन गरेका हुन । नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी(साम्बा) पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन् ।
उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मस्र्याङ्दि गाउँपालिका-९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
साथै कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी(साम्बा)का बुवा आमालाई समेत सम्मान गरिएको थियो ।
प्रतिक्रिया