सोमबार, जेठ ६, २०८२

भ्यानलाई बसले ठक्कर दिँदा एकको मृत्यु, आठजना घाइते

नेपालखोज २०८२ जेठ ६ गते २०:०६

बरहथवा (सर्लाही) । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा आज म्याजिक भ्यानलाई बसले ठक्कर दिँदा भ्यानमा सवार एक युवतीको मृत्यु भएको छभने, आठ जना घाइते भएका छन् ।

लालबन्दी बजार आउँदै गरेको ना ६ ख ७२२७ नम्बरको यात्रुवाहक भ्यानलाई लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा विपरित दिशाबाट आएको ना १ ज २६४५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट भ्यानमा सवार लालबन्दी नगरपालिका–१७ ठेगाना भएकी २२ वर्षीया सोना पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगतै उद्धार गरी उपचारका लागि लालबन्दी मोडेल अस्पताल पु¥याएपनि युवतीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । भ्यानमा सवार थप आठ जना घाइते भएका छन् । उनीहरूको लालबन्दीको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुर्घटना लगत्तै बस चालक फरार रहेको र खोजी भइरहेको प्रनाउ राईले बताउनुभयो । दुर्घटनामा संलग्न दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

(((

प्रतिक्रिया