बुधबार, जेठ ८, २०८२

सचिनको कप्तानीमा यू–१६ क्रिकेट खेल्ने टोली घोषणा

नेपालखोज २०८२ जेठ ८ गते ६:४०

बैतडी । एसीसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोट खेल्ने बैतडीको टोली घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले उक्त छनोट प्रतियोगिता खेल्नका लागि सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा उपकप्तान भाष्कर जोशी, अन्य सदस्यमा मुकेश चन्द, सन्तोष चन्द, विक्रम बोहरा, नीरज थापा, अमन विष्ट, विनोद भाट, नीरज भट्ट, कृष्ण बोहरा, अमर चन्द, दिनेश महरा, जयबहादुर नाथ र पङ्कज चन्द रहेका छन् ।

यस्तै, टेकराज जोशी, आकाश भण्डारी, सौरभ राना र निखिल टमटा वैकल्पिक खेलाडीका रूपमा छनोट भएका सङ्घका सचिव शिद्धराज बोगटीले जानकारी दिए ।

सङ्घले गत वैशाख २६ गतेदेखि यही जेठ २ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू टोलीमा समावेश भएका सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा हुँदैछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र क्रिकेट सङ्घको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ ।

बैतडी जेठ ८ गते उद्घाटन खेलमा बझाङसँग भिड्नेछ । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेटेर प्रदेशको टोली तयार गरिनेछ ।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ । -रासस

प्रतिक्रिया