बुधबार, जेठ ८, २०८२

पुटिन कुर्स्कको भ्रमणमाः क्रेमलिन

नेपालखोज २०८२ जेठ ८ गते १३:४९

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रूसको युक्रेनसँगको सीमावर्ती क्षेत्र कुर्स्कको भ्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ ।

रुसी सेनाले युक्रेनी सेनालाई कुर्स्क क्षेत्रबाट पछि हटाएको केही हप्तापछि पुटिनले मङ्गलबार उक्त क्षेत्रको भ्रमण गरेका हुन् । ‘रूसी नेता पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गरेका छन्’, क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुर्स्कमा रहँदा उनले अन्तरिम गभर्नर र अन्य रूसी अधिकारीसँग भेटवार्ता गरेका छन् ।

युक्रेनी सेनाले सन् २०२४ अगस्टमा कुर्स्क क्षेत्रको केही भागकब्जा गरेको थियो, तर मस्कोको सेनाले उत्तर कोरियाली सेनाको सहयोगमा अप्रिलको अन्त्यसम्ममा उक्त क्षेत्रबाट उनीहरूलाई बाहिर निकालेको थियो। कुर्स्कबाट रोसिया २४ च्यानललाई दिएका अन्तवार्ताका क्रममा प्रसारित तस्वीरमा पुटिन चिया र मिठाइले सजिएको ठूलो टेबुलको वरिपरि आरामले मुस्कुराइरहेको देखिन्छ ।

नेता पुटिनले स्थानीय आणविक उर्जा केन्द्रको पनि भ्रमण गर्नुका साथै शहरका अधिकारीहरुसँग भेटवार्ता गरेको क्रेमलिनले जनाएको छ । उनले यसअघि मार्चको अन्त्यमा कुर्स्कको भ्रमण गरेका थिए ।

प्रतिक्रिया