बुधबार, जेठ ८, २०८२

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

नेपालखोज २०८२ जेठ ८ गते १४:२४

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएका छन् । उपमुख्यमन्त्री अरुण साओले सन् २०२६ को मार्चसम्ममा छत्तीसगढलाई ‘नक्सलवादी समूह’ मुक्त बनाउन सुरक्षा बलले लगनशीलताका साथ काम गरिरहेको छत्तीसगढको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएको पुष्टि गरे ।

उनले एएनआईसँग भने, राज्यमा हाम्रो सरकार बनेपछि बस्तरलाई नक्सलमुक्त बनाउने कार्यक्रम चलिरहेको छ । नारायणपुरमा भएको मुठभेडमा दुई दर्जनभन्दा बढी नक्सलवादी मारिएका छन् । छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले नारायणपुर जिल्लाको अबुझमाडको जङ्गलमा सुरक्षा बल र नक्सलवादीबीच भएको मुठभेडमा कम्तीमा २६ जना नक्सलवादी मारिएको बताए ।

एएनआईसँग कुरा गर्दै उपमुख्यमन्त्रीले मुठभेडको क्रममा एक सैनिक घाइते भएको पुष्टि गरे भने मुठभेडमा भएको थप क्षतिबारे जानकारी सङ्कलन भइरहेको बताए । उनले भने, सुरक्षा फौजको कारबाहीमा २६ जनाभन्दा बढी नक्सलवादी मारिएका छन्। मुठभेडका क्रममा एक सहयोगीको मृत्यु भएको छभने एक जवान घाइते भएका छन् । घाइते जवानको उपचार भइरहेको र उनी खतरामुक्त रहेका छन् ।

प्रतिक्रिया