गौशालामा दुर्घटना : एउटा बसले ८ वटा सवारी साधनलाई ठक्कर दिदाँ १० जना घाइते
नेपालखोज
२०८२ जेठ ८ गते १५:११

काठमाडौं । गौशाला पिङ्गलास्थानस्थित सडक खण्डमा एउटा बसले नियन्त्रण गुमाउँदा ८ वटा सवारी साधनमा क्षति पुगेको छ ।
बुधबार बिहान ११ बजेतिर गौशालाबाट सिनामंगलतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बसले शुरूमा सोही दिशातर्फ जाँदै गरेको बा १६ च ४४५२ नम्बरको कारलाई ठक्कर दिएको थियो ।
त्यतिकैमा बस अनियन्त्रित भएर विपरीत दिशातर्फ पल्टिँदा दुई वटा कार, दुई वटा भाडाको बस, दुई वटा मोटरसाइकल र एउटा स्कूटर एकआपसमा ठक्कर खाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया