बुधबार, जेठ ८, २०८२

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

नेपालखोज २०८२ जेठ ८ गते १५:२४

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त प्रतिवेदन पेस गरेका हुन् । बैठकमा राष्ट्रियसभा सचिव डा सुरेन्द्र अर्यालले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे ।

राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक माथिल्लो सभाबाट विसं २०८० माघ २९ गते पारित भएको थियो । उक्त विधेयक प्रतिनिधिसभाबाट यही जेठ ४ गते पारित भएको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए ।

प्रतिक्रिया