मंगलबार, जेठ १४, २०८२

हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनाविरुद्ध मुद्दा, मिश्र जबरा, प्रसाईंलगायत प्रतिवादी

नेपालखोज २०८२ जेठ १३ गते ७:३३

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले यहाँको तीनकुनेमा गत चैत १५ गते पूर्वराजाका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनामाथि काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन गत बिहीबार बुझाएको थियो । शुक्रबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिए पनि समय अभावका कारण नसकिएकाले आज उक्त घटनाको मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले आज ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको जानकारी दिए । कसुरका आधारमा उनीहरुलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका फरकफरक र संयुक्त मुद्दा चलाइएको छ ।

उक्त प्रकरणमा मेडिकल व्यवसायी दुर्गा प्रसार्इं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपाका महामन्त्री धवलशमशेर जबरालगायत प्रतिवादी छन् । बालबालिकाको हकमा भने बालअदालतमा मुद्दा चलाइने जनाइएको छ । -रासस

प्रतिक्रिया